News चरङ्गे र सिद्धार्थ क्वाटरफाइनलमा
सुरज राना मगर

भलुही । चरङ्गे एफसी र सिद्धार्थ एफसी (बी) यहाँ जारी प्रथम वार्ड अध्यक्ष कप खुला सेभेन ए साईड फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

देवदह–१०, भलुही स्थित बयरडाँडा खेलमैदानमा भएको पहिलो खेलमा चरङ्गेले माछापुच्छ्रे फुटबल क्लबलाई शून्यका विरुद्ध १ गोलले हराउँदै क्वाटरफाइनल यात्रा तय गरेको हो । चरङ्गेको जितमा निराजन खत्रीले एक मात्र निर्णायक गोल गरे । निर्णायक गोलकर्ता खत्री नै खेलको म्यान अफ द म्याच चुनिए ।

त्यस्तै अर्को खेलमा सिद्धार्थ एफसीले मायादेवी एफसीलाई २–१ ले हराउँदै अन्तिम आठमा स्थान सुरक्षित गर्न सफल भयो ।

प्रतियोगिता अन्तरगत जेठ १० बुधबारको खेल त्रिशुली एफसी र संघार एफसी (बी) बीच हुनेछ भने दोस्रो खेल देवदह ब्वाईज र रानीगंज एफसीबीच हुने खेल संयोजक केशव पराजुलीले जानकारी दिए ।

बुद्ध स्पोर्टस क्लब, देवदह–१०, भलुहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्नेछ । फाइनल खेल यही जेठ १६ गतेका दिन हुनेछ ।

Post Comments
Advertisement Yamaha Nepal