News
जर्मनीः अन्तिम दुई खेलमा काठमाडौं किकर्सको जित
काठमाडौं । काठमाडौं किकर्स फुटबल एकेडेमीको यू १३ टिमले जर्मनीको म्युनिकमा सम्पन्न फिन्च्त जुनियर फुटबल ५४औं भीआर बैंक कपमा सोमबार दुई खेलमा जित हात पार्दै ११औं स्थान हासिल गर्न सफल भएको छ ।
एसभी मामेन्डर्फले आयोजना गरेको तीन दिने प्रतियोगिताको अन्तिम दिन काठमाडौं किकर्सले विशांख कार्की र अबिन भट्टराईको गोलमा टीएसभी मुरेनवेइसलाई २–० ले हराएर समूह २ को छैटौं स्थानमा रह्यो ।
त्यसैले किकर्सले ११औं स्थानको लागि समूह १ मा छैटौं वरीयताको टीएसभी गेल्टेन्डोर्फविरुद्ध प्लेअफमा खेल्नुपर्यो, जसमा किकर्सले ३–१ को जित निकाल्यो । १–० ले पछाडि परेको स्थितिमा सुधार गरेर हात पारेको जितमा अबिनले दुई गोल गरे भने अंगश भुषालले एक गोल गरे ।
काठमाडौं किकर्स यू १३ मा सहभागि १६ टिममध्ये पाँच टिमलाई पछाडि पार्दै ११ औं स्थानमा भएको हो । सुरुका तीन खेल हारेको किकर्सले प्रतियोगितामा तीन जित, एक बराबरी र चार हारको नतिजा निकाल्यो । समूह चरणमा किकर्सलाई २–१ ले पराजित गरेको एफएसभी इचिङ च्याम्पियन बन्यो ।\
किकर्स ५६ वर्षअघि सुरु भएको फिन्च्त जुनियर फुटबलमा सहभागि हुने पहिलो नेपाली टिम हो । ६ वर्षदेखि १५ वर्षसम्मका ६ वटा उमेर समूहका प्रतियोगिता आयोजना गरिएको ५४औं संस्करणमा २० क्लबका ६४ टिम सहभागि भएका थिए ।
Post Comments
Related News
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- बिरगन्ज युनाइटेडको ग्रासरुट फुटबल सञ्चालन
- होलिल्याण्ड र एनएमएलाई बाँके जिल्ला स्तरीय मेयर कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- जहदा एफसी बन्यो च्याम्पियन