News कालिका नगर कप जेठ तेस्रो सातादेखि
गोलनेपाल

चितवन । कालिका युनाइटेड, चितवनको आयोजनामा यही जेठ २५ गतेदेखि कालिका नगर कप वडास्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । कालिका–४ चितवनस्थित शहिद स्मृति क्याम्पस चौरमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि अन्तिम चरणमा रहेको आयोजकले जानकारी दियो ।

प्रतियोगितामा सहभागिताका लागि टिमदर्ता गर्ने अन्तिम मिति भने यही जेठ २० गतेसम्म तोकिएको छ । साथै टिमदर्ता शुल्क ३५ सय तोकिएको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४० हजार हात पार्नेछ भने उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक प्रयास तामाङले बताए । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई नगद २ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचलाई ५ सयका दरले पुरस्कृत गरिने पनि संयोजक तामाङले जानकारी दिए ।

Post Comments