News साफका लागि नेपालको प्रारम्भिक टोली घोषणा
गोलनेपाल

काठमाडौं । प्रतिष्ठित १४औं साफ च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले नेपालको प्रारम्भिक टोली घोषणा गरेका छन् । भिन्सेन्जोले मंगलबार साफ च्याम्पियनसिपका लागि ३० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका हुन् ।

स्मरण रहोस, यस वर्ष साफ च्याम्पियनसिप आउँदो जुन २१ देखि जुलाई ४ तारीखसम्म भारतको बैंगलोरमा आयोजना हुँदैछ । प्रतियोगितामा नेपाल आयोजक तथा डिफेन्डिङ च्याम्पियन भारत, कुवेत र पाकिस्तानसँगै समूह ए मा परेको छ । त्यस्तै समूह बी मा बंगलादेश, लेबनान, माल्दिभ्स र भुटान रहेका छन् । प्रत्येक समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछ ।

नेपालले साफ च्याम्पियनसिप खेल्नु अघि जुन १५ तारीखका दिन मनिलामा घरेलु टोली फिलिपिन्ससँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच पनि खेल्नेछ ।

नेपालको प्रारम्भिक टोलीः

गोलकिपर्सः किरन चेम्जोङ, दिप कार्की, बिशाल श्रेष्ठ

डिफेन्डर्सः बिमल पाण्डे, सनिस श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, आशिष गुरुङ, बिक्रम लामा, रोहित चन्द, सिमान्त थापा, अन्जल महर्जन

मिडफिल्डर्सः पुजन उपरकोटी, एरिक बिष्ट, नबिन लामा, मणि कुमार लामा, सुदिप गुरुङ, लाकेन लिम्बु, आवास लामिछाने, बिशाल तामाङ

फरवार्डसूः आयुष घलान, नवयुग श्रेष्ठ, दिपकराज सिंह ठकुरी, अन्जन बिष्ट, मनिष डाँगी, आशिष चौधरी, बिमल घर्ती मगर, जिलेस्पी जंग कार्की, दिनेश हेन्जन

Post Comments