News यु–२० विश्वकपः अमेरिका र इजरायल क्वाटरफाइनलमा
गोलनेपाल

काठमाडौं (एजेन्सी) । अर्जेन्टिनामा जारी प्रतिष्ठित फिफा यु–२० विश्वकपतर्फ अमेरिका र इजरायल क्वाटरफाइनलमा पुग्ने शुरुवाती दुई टोलीहरु बनेका छन् ।

मेन्डोजामा भएको पहिलो प्रिक्वाटरफाइनलतर्फ अमेरिकाले न्युजिल्याण्डमाथि ४–० को प्रभावशाली जित हात पार्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्न सफल भएको हो ।

अमेरिकाको जितमा आवेन वोल्फ, केड कोवेल, जस्टिन चे र रोकस पुक्सासले गोल गरे । अमेरिकाले अब ४ जुनका दित क्वाटरफाइनलमा बिहीबार राती हुने प्रिक्वाटरफाइनलतर्फ गाम्बिया र उरुग्वेबीचको विजेतासँग खेल्नेछ ।

त्यस्तै मेन्डोजा मै भएको अर्को प्रिक्वाटरफाइनलमा इजरायलले एसियाली राष्ट्र उज्वेकिस्तानमाथि शून्यका विरुद्ध १ गोलको साँघुरो जित निकाल्दै क्वाटरफाइनल यात्रा तय गर्न सफल भयो ।

इजरालयलका लागि खेलको अन्तिमतिर अनन खलैलीले गरेको एक मात्र गोल निर्णायक बन्यो । इजरायलले क्वाटरफाइनलमा बुधबार राती हुने प्रिक्वाटरफाइनलतर्फ ब्राजील र ट्युनिसियाबीचको विजेतासँग खेल्नेछ ।

Post Comments