News देवेन्द्रपुर र विद्याज्योतिलाई सफलता
गोलनेपाल

माडी । छैठौं स्व. भुवानी पौडेल स्मृति अन्तर स्कुल फुटबल प्रतियोगितामा देवेन्द्रपुर स्कुल र विद्याज्योति इङलिस बोर्डिङ स्कुलले जित हात पारेका छन् ।

बसन्तपुरबजारको खुला मैदानमा भएको दिनको पहिलो खेलमा देवेन्द्रपुरले माडी मावि (बी) लाई शून्यका विरुद्ध २ गोलले हरायो । खेलमा देवेन्द्रपुरका सुदर्शन गुरुङ म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै दोस्रो खेलमा विद्याज्योतिले वाल्मिकी शिक्षा सदनलाई टाईब्रेकरमा ३–० ले हरायो । त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । खेलमा विद्याज्योतिका प्रनिश रेग्मी म्यान अफ द म्याच घोषित भए । बिहीबार जित हात पारेका दुवै टोली क्वाटरफाइनलमा समेत प्रवेश गरेका छन् ।

इमेज बसन्तपुर युनाइटेड क्लब, माडीको आयोजना तथा दिवाकर स्मृति माविको सह–आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २० हजार हात पार्नेछ भने उपविजेताले १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल यही जेठ २३ गतेका दिन हुनेछ ।

Post Comments