
मकवानपुर । मकवानपुरको फापरबारीमा जारी तेस्रो बागमती गोल्डकपतर्फ मकवानपुरको जिल्ला लिग विजेता डाँफे युथ क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
फापरबारी स्थित जनता माविको खेलमैदानमा भएको प्रिक्वाटरफाइनल भिडन्ततर्फ डाँफेले नव जन जागृति क्लब, सिमरालाई ४–० ले हरायो । डाँफेका लागि ४४औं मिनटमा प्रिजेन तामाङले गोल गर्दै खाता खोलेका थिए ।
७०औं मिनटमा हिसब थपलियाले डाँफेको त्यो अग्रता दोब्बर पारे भने इन्जुरी समयको ९२औं मिनटमा राजन स्याङ्तनले तेस्रो गोल गरेका थिए । डाँफेले थप एक गोल भने विपक्षी खेलाडीले गरेको आत्मघाती गोलका रुपमा पाएको थियो ।
खेलमा डाँफेका हिसब थपलिया म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार प्राप्त गरे । प्रतियोगिता अन्तरगत फागुन ५ गते सोमबारको पहिलो क्वाटरफाइनल खेल आयोजक बागमती गाउँपालिका खेलकुद विकास समिति र च्यासल युथ क्लबबीच हुनेछ ।
यहि फागुन १३ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा