News केआइईसी बुनलाई देशना चन्द स्मृति नयाँ गल्ली कपको उपाधि
उमेश पुन

पोखरा । नयाँ गल्ली क्लबको आयोजनामा भएको तेस्रो देशना चन्द स्मृति नयाँ गल्ली कप नकआउट फुटबल प्रतियोगिताको उपाधि केआइईसी बुनले जितेको छ । केआइईसी बुनले फाइनलमा गन्नी एफसीलाई हराउँदै उपाधि जित्न सफल भएको हो ।

पोखरा–१ स्थित टुंडिखेल मैदानमा भएको खेलमा केआइईसीले गन्नी एफसीमाथि शून्यका विरुद्ध १ गोलको जित निकाल्दै उपाधिमाथि कब्जा जमाएको हो । खेलको दोस्रो हाफमा आशिष गुरुङले गरेको एक मात्र गोल केआइईसी बुनलाई विजेता बनाउन निर्णयक गोल बन्यो ।

विजेता बनेको केआइईसी बुनले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्यो भने उपविजेता गन्नी एफसीले ८० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो ।

व्यक्तिगत विधातर्फ आशिष गुरुङ प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी चुनिए । उत्कृष्ट गोलरक्षक जनम गुरुङ बन्दा उत्कृष्ट डिफेन्डर सरोज तितुङ घोषित भए । त्यस्तै उत्कृष्ट मिडफिल्डर मनोज गुरुङ चुनिए भने उत्कृष्ट फरवार्ड सन्दिप राना घोषित भए ।

Post Comments