News माडी र दिवाकर स्मृति मावि सेमिफाइनलमा
गोलनेपाल

माडी । घरेलु टोली माडी मावि र दिवाकर स्मृति मावि यहाँ जारी छैठौं स्व. भुवानी पौडेल स्मृति कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

शनिबार बसन्तपुर बजार स्थित खुला मैदानमा भएको पहिलो क्वाटरफाइनलतर्फ माडी माविले लक्ष्मी माविलाई ४–१ ले हराउँदै अन्तिम चारमा प्रवेश गर्न सफल भयो । खेलमा माडीका विपिन बिक म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै दोस्रो क्वाटरफाइनलतर्फ दिवाकर स्मृतिले देवेन्द्रपुर माविलाई टाईब्रेकरमा हराउँदै सेमिफाइनल स्थान सुरक्षित गर्यो । निर्धारित समयको प्रतिस्पर्धात्मक खेल गोलरहित बराबरीमा टुंगिएपछि खेलको निर्णय टाईब्रेकरबाट लिइएको थियो । टाईब्रेकरमा भने दिवाकर स्मृति ४–३ ले विजयी बन्यो । खेलमा दिवाकर स्मृतिका एविन बस्याल म्यान अफ द म्याच घोषित भए ।

इमेज बसन्तपुर युनाइटेड क्लबको आयोजना तथा दिवाकर स्मृति माविको सह–आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २० हजार हात पार्नेछ भने उपविजेताले १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक नविन बस्यालले बताए । फाइनल खेल यही जेठ २३ गतेका दिन हुनेछ ।

Post Comments