News अमर मावि र माडी मावि उपाधिका लागि भिड्ने
गोलनेपाल

माडी । छैठौं स्व. भुवानी पौडेल स्मृति कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको फाइनलमा अमर मावि र माडी मावि भिड्ने भएका छन् ।

सोमबार बसन्तपुर बजार स्थित खुला मैदानमा भएको पहिलो सेमिफाइनलमा अमर माविले प्रेमवस्ती माविलाई शून्यका विरुद्ध ४ गोलले हरायो । खेलमा अमर माविका पर्वत मगर म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै सोमबार नै भएको दोस्रो सेमिफाइनलतर्फ माडी माविले दिवाकर स्मृति माविलाई २–० ले हराउँदै उपाधि नजिक पुगेको हो । खेलमा माडी माविका उज्वल महतो म्यान अफ द म्याच घोषित भए ।

अब फाइनल खेल जेठ २३ गते मंगलबार अमर मावि र माडी माविबीच हुने खेल संयोजक नविन बस्यालले जानकारी दिए ।

इमेज बसन्तपुर युनाइटेड क्लबको आयोजना तथा दिवाकर स्मृति माविको सह–आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २० हजार हात पार्नेछ भने उपविजेताले १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक नविन बस्यालले बताए । फाइनल खेल यही जेठ २३ गतेका दिन हुनेछ ।

Post Comments