News बगर भाई खलक टोली ‘सुपर भेट्रान’ कप खेल्न भारत जाँदै
उमेश पुन

पोखरा । भारतको उत्तराखण्ड राज्यको देहरादुनमा यही जेठ २६ देखि आयोजना हुने ‘सुपर भेट्रान’ कप (६० वर्ष माथीको) फुटबल प्रतियोगिता खेल्न बगर भाई खलक टोली बुधबार भारत जाने भएको छ ।

भारततर्फ प्रस्थान गर्न लागेको १५ जना टोलीलाई वडा प्रहरी कार्यालय बगरले एक कार्यक्रमको आयोजना गरी बिदाई गरेको छ । प्रतियोगिता २९ गते सम्म चल्ने छ ।

स्मरण रहोस, मोफसलको फुटबलमा फरक पहिचान बनाएको बगर भाई खलकले पोखरामा वार्षिक रुपमा चर्चित बगर भाई खलक अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता पनि आयोजना गर्दै आईरहेको छ । साथै अन्य फुटबल गतिविधीहरुमा पनि निरन्तर सहभागिता जनाउँदै आईरहेको छ ।

 

Post Comments