News रड्स रामपुर पाल्पा गोल्डकपको उपाधि नजिक
सुरज राना मगर

तानसेन । प्रतियोगिताको शुरुवातबाटै आफ्नो बलियो दावेदारीता पेश गरेको रड्स रामपुर एफसी, चितवन यहाँ जारी कर्णेल उजिर सिंह पाल्पा गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको पहिलो सेमिफाइनलमा रड्स रामपुरले फोर ब्रदर्श एफसी, नवलपरासीलाई शून्यका विरुद्ध २ गोलले हराउँदै उपाधि नजिक पुगेको हो । टुंडिखेल मैदानमा भएको खेलमा रड्स रामपुरका लागि विकी चाम्लिङ राई र निरज थापा मगरले गोल गरे ।

खेलमा रड्सर रामपुर कै निरज थापा मगर म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ३ हजार हात पारे । प्रतियोगिता अन्तरगत जेठ २४ गते बुधबारको दोस्रो सेमिफाइनल द फेमस महिन्द्र दल गण, पाल्पा र होराईजन फुटबल क्लब, वालिङ बीच हुने खेल संयोजक करन चित्रकारले जानकारी दिए ।

पाल्पा जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल यही जेठ २७ गतेका दिन हुने पाल्पा जिल्ला फुटबल संघका अध्यक्ष प्रणय जंग राणाले जानकारी दिए ।

Post Comments