News झापा : आयोजक स्व. प्रविण स्मृति फुटबलको फाइनलमा
रमेश समदर्शी

बिर्तामोडको चारपाने एफसीलाई स्तब्ध पार्दै आयोजक लायन एफसी धुलाबारी मेचीनगर १० स्थित धुलाबारीमा जारी स्व प्रविण ग्वाल स्मृति फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको पहिलो सेमिफाइनल खेलमा चारपानेलाई हराउन आयोजकका विजय मोक्तान नायक सावित भए । उनैको व्यक्तिगत २ गोलले आयोजक उपाधि नजिक पुगेको हो । पहिलो हाफको इन्जुरी समयमा विजय मोक्तानले गोल गर्दै आयोजकलाई अग्रता दिलाएका थिए । उनैले दोस्रो हाफको १९औँ मिनेटमा व्यक्तिगत २ गोल गर्दै अग्रता दिलाएका थिए । उनी खेलको म्यान अफ दी म्याच बने । उनलाई आयोजकको तर्फबाट नगद १ हजार दिइयो ।

भोलि बुधबारेको आदर्श युवा क्लबले बाहुनडाँगीको डिएफसीसँग अन्तिम सेमिफाइनल खेल खेल्नेछ । स्थानीय इष्ट होराइजन स्कुलको कक्षा ९ मा अध्ययनरत विद्यार्थी तथा खेलाडी स्व ग्वालको स्मृतिमा प्रतियोगितामा ८ टिम सहभागी छन् । प्रतियोगिताको विजेताले नगद ३० हजार र उपविजेताले नगद २० हजारसँगै ट्रफी पाउने छ ।

यस्तै, प्रतियोगिताको सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, रक्षक, मिडफिल्ड, स्ट्राइकर र उत्कृष्ट खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजक क्लबका अध्यक्ष डिके धिमालले जनाएका छन् ।

Post Comments