News पोल्याण्डमा विरेन्द्र मेमोरियल कप हुने
गोलनेपाल

काठमाडौं । ब्रदरहुड क्लब, वार्सा, पोल्याण्डको आयोजनामा आगामी जुलाई २२ तारीखका दिन दिवंगत शाही परिवारको स्मृतिमा पोल्याण्डमा रहेका नेपाली समुदायहरुबीच चौथो किंग बिरेन्द्र मेमोरियल कप फुटबल प्रतियोगिता हुने भएको छ ।

पोल्याण्डको राजधानी वार्सामा हुने प्रतियोगिताको आवश्यक तयारी पनि तिव्र पारिएको आयोजकले जनाएको छ । भान्सा रेष्टुरेण्टको विशेष सहयोग रहने प्रतियोगिताको विजेताले उपाधिसहित ३०५० पोलिस ज्लोटी हात पार्नेछ भने उपविजेताले १५२० पोलिस ज्लोटीसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दियो ।

त्यस्तै व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताको आधिकारिक मिडिया पार्टनर रहेको गोलनेपाल डटकमले प्रतियोगिताको प्रत्यक्ष प्रसारण पनि गर्नेछ ।

 

Post Comments