News विश्व शान्ति सेमिफाइनलमा
सुरज राना मगर

कञ्चन । विश्व शान्ति युवा क्लब, सालझण्डी जारी ११औं हिमालयन कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

कञ्चन–४, दियो स्थित स्थानीय खेलमैदानमा भएको तेस्रो क्वाटरफाइनलमा विश्व शान्तिले वाणगंगा वेलफेयर सोसाइटी, कपिलवस्तुलाई ३–१ ले हरायो ।

विश्व शान्तिको जितमा बलराम न्यौपाने, सुरज थारु र लोकेन्द्र बुढा मगरले एक–एक गोल गरे । उता पराजित वाणगंगाका लागि राम बहादुर बिष्टले एक मात्र गोल गरे ।

खेलमा विश्व शान्तिका लोकेन्द्र बुढा म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत फागुन ५ गते सोमबारको अन्तिम क्वाटरफाइनल खेल फर्साटिकर युवा क्लब र स्कलर्स होम एकेडेमीबीच हुने खेल संयोजक टिका थापाले जानकारी दिए ।

हिमालय सामुदायिक विकास केन्द्र, कञ्चन गाउँपालिका–४, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५१ हजार हात पार्नेछ भने उपविजेताले ८१ हजार प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल यहि फागुन ९ गतेका दिन हुनेछ ।

Post Comments