News दक्षिण कोरियाः प्रथम उल्सान कप हुँदै
गोलनेपाल

काठमाडौं । उल्सान हिमालयन फुटबल क्लब, उल्सान, दक्षिण कोरियाको आयोजनामा यही जुन १८ गतेका दिन प्रथम उल्सान कप फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा दक्षिण कोरियामा रहेका आप्रवासी नेपालीहरुले मात्र सहभागिता जनाउन पाउने आयोजकले जानकारी दियो ।

साथै प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक टोलीहरुका लागि यही जुन ११ तारीखसम्म टिमदर्ता पनि खुला गरिएको आयोजकले जनाएको छ । साथै टिमदर्ता शुल्क ४ लाख वोन तोकिएको पनि आयोजकले जानकारी दियो ।

प्रतियोगिताको विजेताले उपाधिसहित ३० लाख वोन हात पार्नेछ भने उपविजेताले २० लाख वोनसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि १ लाख वोनसहित ट्रफी पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतियोगिताको आधिकारिक मिडिया पार्टनर रहेको गोलनेपाल डटकमले प्रतियोगिताका खेलहरु प्रत्यक्ष प्रसारण समेत गर्नेछ ।

Post Comments