News मनिलामा तयारी गर्दै टिम नेपाल
गोलनेपाल

काठमाडौं । समय अभावका बावजुद अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेल्ने फिलिपिन्स पुगेका नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले मनिलामा ओर्लिए लगतै त्यसका लागि आवश्यक तयारी शुरु गरेको छ ।

नेपालले यही जुन १५ (जेठ ३२) तारीखका दिन फिलिपिन्ससँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेल्दैछ । सोमबार मात्रै फिलिपिन्सतर्फ प्रस्थान गरेको नेपालको घरेलु मैदानमा तयारी शुन्य भए तापनि मनिलामा राम्रो नतिजा निकाल्ने लक्ष्यका साथ कडा अभ्यास र तयारीमा व्यस्त छ ।

मनिला स्थित रिजाल मेमोरियल स्टेडियममा हुने खेलमा नेपालले तुलनात्मक रुपमा बलियो फिलिपिन्स विरुद्ध कडा चुनौति पेश गर्ने लक्ष्य लिएको छ । त्यो लक्ष्यमा नेपाली टोली कत्तिको खरो उत्रिने हो, त्यो भने बिहीबारको खेलबाटै थाहा हुनेछ ।

नेपालले फिलिपिन्ससँग खेले लगतै १४औं साफ च्याम्पियनसिपका लागि भारतको बैंगलोरतर्फ प्रस्थान गर्नेछ । साफ च्याम्पियनसिपको समूह ए मा रहेको नेपालले आयोजक तथा साविक विजेता भारतसँगै कुवेत र पाकिस्तान विरुद्ध खेल्ने कार्यक्रम छ ।

नेपाल गत संस्करणको उपविजेता पनि हो । त्यस्तै समूह बीमा लेबनान, बंगलादेश, भुटान र माल्दिभ्स रहेका छन् । प्रत्येक समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

 

Post Comments