News यु–१६ लिग असार तेस्रो सातादेखि
गोलनेपाल

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा यु–१६ ए डिभिजन लिग यही आउँदो असार २३ गतेदेखि आयोजना गर्ने निर्णय भएको छ । बिहीबार एन्फा र ए डिभिजन क्लबका प्रतिनिधीहरुबीच एन्फा कम्प्लेक्समा भएको बैठकले सो कुराको निर्णय गरेको हो ।

स्मरण रहोस, गत बैशाख २५ मै एन्फाले यु–१६ लिग आयोजनाबारे ए डिभिजन क्लबहरुसँग आवश्यक छलफल गरेको थियो । यद्यपि प्रतियोगिताको आयोजना मितिबारे भने टुंगो लागेको थिएन । बिहीबार बसेको बैठकबाट भने प्रतियोगिताको मिति पनि टुंगो लागेको छ ।

त्यस्तै प्रतियोगितामा सहभागिता जनाउने टोली, खेलस्थल लगायतका अन्य आवश्यक कुराहरुबारे पनि केही समयपछि जानकारी गराइने एन्फाले जनाएको छ ।

बैठकेमा एन्फाका वरिष्ठ उपाध्यक्ष बिर बहादुर खड्का, महासचिव किरन राई, उप–महासचिव अरुणमान जोशी, एन्फा प्रवक्ता सुरेश साह र ए डिभिजन क्लबका प्रतिनिधीहरुको पनि उपस्थिति रहेको थियो ।

Post Comments