
काठमाडौं । राष्ट्रिय फुटबल टोलीमा परेका दुई खेलाडी बिमल पाण्डे र लाकेन लिम्बुले बिहीबार अन्तर्राष्ट्रिय फुटबलमा नेपालका लागि डेब्यु गरेका छन् । यद्यपि दुवै टोलीको डेब्यु खेल सुखद भने बन्न सकेन ।
बिहीबार मनिलामा सम्पन्न अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याचमा फिलिपिन्स विरुद्ध बिमल र लोकनले पहिलो रोजाई मै रहेर डेब्यु गरेका थिए । यद्यपि खेलमा फिलिपिन्ससँग नेपाल १–० ले पराजित हुन पुग्यो ।
घरेलु फुटबलमा त्रिभुवन आर्मी फुटबल क्लबका अनुभवी डिफेन्डर बिमल र थ्रीस्टार क्लबका उदाउँदा मिडफिल्डर लोकनको प्रदर्शन मिश्रित रहयो । यद्यपि अवसर पाउँदै गए उनीहरुले राष्ट्रिय फुटबल टोलीमा राम्रो गर्न सक्ने सम्भावना पनि बोकेका छन् ।
नेपाल अब साफ च्याम्पियनसिपका लागि भारततर्फ प्रस्थान गर्नेछ । भारतको बैंगलोरमा २१ जुनदेखि शुरु हुन गईरहेको साफ च्याम्पियनसिपमा नेपाल आयोजक भारत, कुवेत र पाकिस्तानसँगै समूह ए मा रहेको छ ।