News अरुण निर्णायक बन्दा योङ स्टार सेमिफाइनलमा
गोलनेपाल

इटहरी । योङ स्टार इलेभेन, मोरङ यहाँ जारी प्रथम तालतलैया च्यालेञ्ज कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको क्वाटरफाइनल भिडन्ततर्फ योङ स्टारले आयोजक तालतलैया फुटबल क्लब (बी) लाई शून्यका विरुद्ध १ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।

बुढासुब्बा रंगशालामा भएको खेलको दोस्रो हाफतर्फ नवौं मिनटमा अरुण लिम्बुले गरेको एक मात्र गोल योङ स्टारलाई अन्तिम चारमा पुर्याउन निर्णायक बन्यो । निर्णायक गोलकर्ता अरुण लिम्बु नै म्यान अफ द म्याच चुनिए ।

प्रतियोगिता अन्तरगत असार २ गते शनिबारको क्वाटरफाइनल खेल आयोजक तालतलैया एफसी (ए) र प्रकाशपुर एफसीबीच हुने आयोजकले जानकारी दियो ।

तालतलैया फुटबल क्लब, इटहरी, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५१ हजार हात पार्नेछ भने उपविजेताले ३१ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही असार ९ गतेका दिन हुनेछ ।

Post Comments