News स्पेन बन्यो नेशन्स लिग च्याम्पियन
गोलनेपाल

काठमाडौं । संघर्षपुर्ण र रोमाञ्चक जितका साथ प्रतिष्ठित युइएफए नेशन्स लिगको उपाधि स्पेनले जितेको छ । नेदरल्याण्डको रोटरड्याममा सम्पन्न फाइनलमा स्पेनले क्रोएशियालाई पेनाल्टीमा हराउँदै पहिलोपटक नेशन्स लिगको उपाधि जित्न सफल भएको हो ।

निर्धारित समयको खेल र थपिएको अतिरिक्त समयको खेलमा पनि दुवैतर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय टाईब्रेकरबाट लिइएको थियो । टाईब्रेकरमा भने स्पेनले क्रोएशियामाथि ५–४ को जित निकाल्दै उपाधिमाथि कब्जा जमाउन सफल भएको हो ।

स्मरण रहोस, स्पेनले ११ वर्षपछि अन्तर्राष्ट्रिय उपाधि जित्न सफल भएको हो । यसअघि स्पेनले सन् २०१२ को युरो कप जिेते यता अन्तर्राष्ट्रिय फुटबलमा उपाधि विहीन थियो ।

Post Comments