News अमेरिका लगातार दोस्रोपटक कन्काफ नेशन्स लिग च्याम्पियन
गोलनेपाल

काठमाडौं । डिफेन्डिङ च्याम्पियन अमेरिका लगातार दोस्रोपटक कन्काफ नेशन्स लिगको च्याम्पियन बन्न सफल भएको छ । आइतबार भएको उपाधि भिडन्तमा अमेरिकाले छिमेकी प्रतिद्वन्द्वी क्यानडालाई हराउँदै उपाधि रक्षा गर्न सफल भएको हो ।

प्रतियोगिताको आयोजक समेत रहेको अमेरिकाले नेवाडामा सम्पन्न फाइनलमा क्यानडामाथि २–० को जित निकाल्दै लगातार दोस्रोपटक च्याम्पियन बनेको हो । अमेरिकाको जितमा खेलको १२औं मिनटमै क्रिस्टोफर रिचार्डसले पहिलो गोल गरेका थिए भने ३४औं मिनटमा फोलारिन बालोगुनले दोस्रो गोल गरेका थिए ।

त्यसैगरी तेस्रो स्थानका लागि भएको खेलमा गत संस्करणको उपविजेता मेक्सिकोले पनामालाई शून्यका विरुद्ध एक गोलले हराउँदै तेस्रो बन्यो । मेक्सिकोका लागि खेलको चौथो मिनट मै जिसुस गलार्डोले गरेको एक मात्र गोल मेक्सिकोलाई जित दिलाउन निर्णायक बन्यो ।

स्मरण रहोस, सेमिफाइनलतर्फ अमेरिकाले मेक्सिकोलाई ३–० ले हराएको थियो भने क्यानडाले पनामालाई २–० ले हराएको थियो ।

Post Comments