News इरानलाई काफा नेशन्स कपको उपाधि
गोलनेपाल

काठमाडौं । सेन्ट्रल एसियन फुटबल एसोसिएशन (काफा) को आयोजनामा यसवर्षदेखि शुरु भएको काफा नेशन्स कपको पहिलो संस्करणको उपाधि बलियो इरानले जितेको छ ।

उज्वेकिस्तानको राजधानी तश्केन्टमा भएको फाइनलमा इरानले अर्को दावेदार तथा बलियो प्रतिद्वन्द्वी उज्वेकिस्तानलाई शून्यका विरुद्ध १ गोलले हराउँदै उपाधि जित्न सफल भएको हो । ४८औं मिनटमा स्टार फरवार्ड सरदार अजमुनले गरेको एक मात्र गोल इरानलाई उपाधि जिताउन निर्णायक बन्यो ।

त्यस्तै तश्केन्ट मै तेस्रो स्थानका लागि भएको खेलमा ओमानले किर्गिस्तानमाथि समान १–० को जित निकाल्यो । ओमानको जितमा खेलको ७१औं मिनटमा अर्शद सालेहले एक मात्र निर्णायक गोल गरे ।

स्मरण रहोस, किर्गिस्तान र उज्वेकिस्तानले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगिताको पहिलो संस्करणमा सेन्ट्रल एसियाका इरान, ओमान, किर्गिस्तान, उज्वेकिस्तान, अफगानिस्तान, ताजिकिस्तान र तुर्कमेनिस्तान गरी सात टोलीहरु सहभागि थिए ।

 

Post Comments