News इरान, दक्षिण कोरिया, साउदी र अष्ट्रेलिया क्वाटरफाइनलमा
गोलनेपाल

काठमाडौं । थाइल्याण्डमा जारी एएफसी यु–१७ एसियन कपतर्फ समूह बी बाट इरान र दक्षिण कोरिया तथा समूह सी बाट साउदी अरेबिया र अष्ट्रेलिया क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

समूह बी तर्फको अन्तिम खेलमा इरानले दक्षिण कोरियामाथि २–० को जित निकाल्यो । यो जितपछि ३ खेलबाट ७ अंक जोडेको इरान समुह विजेता बन्यो । त्यस्तै हारका बावजुद ६ अंक जोडेको कोरिया दोस्रो स्थानमा रहँदै उपविजेताका रुपमा क्वाटरफाइनलमा प्रवेश गर्यो ।

समूह बी कै अर्को खेलमा अफगानिस्तानले कतारमाथि २–१ को सान्त्वना जित हात पार्यो । तीन खेलबाट ३ अंक जोडेको अफगानिस्तान समूह बी को तेस्रो र १ अंक जोडेको कतार पुछारमा रहेर समूह चरणबाटै बाहिरियो ।

त्यसैगरी समूह सी तर्फ आफ्नो अन्तिम खेलमा पूर्व विजेता साउदी अरेबियाले चीनमाथि ३–० को जित निकाल्यो । शतप्रतिशत जित हात पारेको साउदी ३ खेलबाट ९ अंकका साथ समूह सी को विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गर्यो ।

सोही समूहमा रहेको अष्ट्रेलियाले ताजिकिस्तानमाथि २–० को जित निकाल्दै ६ अंकका साथ समूह उपविजेताका रुपमा क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो । उता १–१ अंक जोडेका ताजिकिस्तान र चीन समूह सी को तेस्रो र चौथो स्थानमा रहेर समूह चरणबाटै बाहिरिए ।

Post Comments