News सेमिफाइनल खेल्ने बंगलादेशको सम्भावना कायमै
गोलनेपाल

काठमाडौं । पहिलो खेलमा बलियो लेबनानसँग पराजित बंगलादेशले आइतबार उत्कृष्ट जितका साथ जारी साफ च्याम्पियनसिपमा सेमिफाइनल प्रवेशको सम्भावना कायम राखेको छ । आइतबार भएको समूह बी तर्फको आफ्नो दोस्रो खेलमा बंगलादेशले उत्कृष्ट पूनःरागमन गर्दै माल्दिभ्समाथि ३–१ को जित निकाल्यो र अन्तिम चारमा प्रवेश गर्ने सम्भावनालाई कायम राख्यो ।

श्री कान्तिरभा स्टेडियममा भएको खेलको १७औं मिनटमा हम्जा मोहम्मदको गोलबाट माल्दिभ्सले खेलमा अग्रता लिएको यियो । तर खेलमा बंगलादेशले उत्कृष्ट पूनःरागन गर्यो । ४२औं मिनटमा रकिब होसेनले बंगलादेशका लागि बराबरी गोल फर्काए । पहिलो हाफ १–१ कै बराबरीमा टुंगियो ।

दोस्रो हाफको ६७औं मिनटमा तारिक काजीले बंगलादेशका लागि दोस्रो गोल थपे भने खेलको अन्तिमतिर ९०औं मिनटमा शेख मोर्सालिनले तेस्रो गोल गर्दै टोलीको जित पक्का गरे । यो जितपछि बंगलादेश र माल्दिभ्सको समान ३–३ अंक छ ।

माल्दिभ्सले आफ्नो पहिलो खेलमा भुटानलाई हराएको थियो । त्यस्तै समूह चरणको अन्तिम खेलमा माल्दिभ्सले बुधबार लेबनानसँग खेल्नेछ भने सोही दिन बंगलादेशले भुटानको सामना गर्नेछ । समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

Post Comments