
हेटौडा । पदमपोखरी युनाइटेड र चाइना पब्लिक युथ क्लब यहाँ जारी दोस्रो विजय युथ गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
पिप्ले क्याम्पा रंगशालामा भएको क्वाटरफाइनल भिडन्ततर्फ पदमपोखरीले नागस्वती एफसीलाई शून्यका विरुद्ध ३ गोलले हरायो । पदमपोखरीको जितमा प्रदिप लामाले दुई गोल गरे भने कुलदिप कार्कीले थप एक गोल गरे । खेलको म्यान अफ द म्याच पदमपोखरीका प्रदिप लामा चुनिए ।
त्यस्तै सोही मैदानमा मै भएको अर्को क्वाटरफाइनलमा चाइना पब्लिकले पशुपती युथ क्लबमाथि ७–३ को सहज जित निकाल्दै अन्तिम चारमा प्रवेश गरेको हो । खेलमा पशुपति युथका बिमल लामा म्यान अफ द म्याच घोषित भए ।
विजय युथ क्लब, हेटौडाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही असार १५ गतेका दिन हुनेछ ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा