News
झापा: सैनिक ढडुवा कपको सेमिफाइनलमा

झापाको हल्दिबारी ३ मा जारी प्रथम ढडुवा गलाउ मेचे स्मृति कप फुटबल प्रतियोगितामा सैनिकको एनसीएफसी सेमिफाइनलमा प्रवेश गरेको छ ।
भद्रपुरको विशालपुर एफसीमाथि कठिन जित निकाल्दै सैनिकले अन्तिम चारमा स्थान बनाएको हो ।
प्रतिस्पर्धात्मक खेलमा सैनिकका लागि समिर गुरुङले गरेको गोल नै निर्णायक बनेको थियो । खेलको १०औँ मिनेटमा समिरले गोल गरेका थिए । खेलको म्यान अफ दी म्याच सैनिकका उत्सव राई भए ।
ढडुवा एफसीले आयोजना गरेको प्रतियोगितामा मंगलबार आयोजकको बी टिमसँग जलथल एफसी हल्दिबारीले अन्तिम क्वाटरफाइनल खेलमा प्रतिस्पर्धा गर्नेछ ।
Post Comments