News लेबनान समूह विजेता बन्ने निश्चित
गोलनेपाल

काठमाडौं । भारतमा जारी १४औं बंगबन्धु साफ च्याम्पियनसिपको समूह बी बाट लेबनान समूह विजेता बन्ने तय भएको छ । बुधबार समूह चरणको आफ्नो अन्तिम खेलमा माल्दिभ्सलाई शून्यका विरुद्ध १ गोलले हराएपछि शतप्रतिशत जितका साथ लेबनान समूह विजेता बन्ने तय भएको हो ।

श्री कान्तीरभा स्टेडियममा भएको खेलको २३औं मिनटमा हसन मातुकले गरेको एक मात्र गोल लेबनानलाई लगातार तेस्रो जित दिलाउन निर्णायक बन्यो । यो नतिापछि ३ खेलबाट ९ अंक जोडेको लेबनान शिर्ष स्थानमा छ र समूह विजेता बन्ने निश्चित भएको छ । साथै लेबनानले सेमिफाइनलमा समूह ए को उपविजेता भारतसँग खेल्ने पनि पक्का भएको छ ।

त्यस्तै पराजित माल्दिभ्स ३ अंकका साथ तेस्रो स्थानमा छ । समान ३ अंक जोडेको बंगलादेश गोलभिन्नताका आधारमा दोस्रो स्थानमा छ र बंगलादेशले अहिले भुटानसँग प्रतिस्पर्धा गरिरहेको छ । अंकविहीन भुटान पुछारमा छ र सेमिफाइनल प्रवेश गर्ने भुटानको गणितीय सम्भावना कायम छ । साथै बंगलादेश र भुटानबीचको खेलको नतिजापछि नै समूह बी बाट सेमिफाइनल पुग्ने दोस्रो टोलीको टुंगो लाग्नेछ ।

Post Comments