News फिफा वरियतामा तल खस्कियो नेपाल
गोलनेपाल

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले निकालेको ताजा वरियतामा नेपाल अझै तल खस्किएको छ । फिफाले जुन महिनाका लागि निकालेको ताजा वरियतामा नेपाल एक स्थान तल खस्किदै १७५औं स्थानमा झरेको हो । दक्षिण एसियातर्फ भने नेपाल तेस्रो स्थान मै यथावत छ ।

त्यस्तै एक स्थान सुधार गर्दै १००औं स्थानमा उक्लेको भारत दक्षिण एसियातर्फ शिर्ष स्थानमै कायम छ । त्यसैगरी एक स्थान तल झरेको माल्दिभ्स १५५औं स्थानमा छ र दक्षिण एसियातर्फ भारतपछि दोस्रो स्थानमा छ ।

१८५औं स्थानमा रहेको भुटान दक्षिण एसियातर्फ चौथो स्थानमा छ भने एक स्थान सुधार गर्दै १९१औं स्थानमा उक्लेको बंगलादेदश दक्षिण एसियातर्फ पाँचौं स्थानमा छ । एक स्थान तल झर्दै २०४औं स्थानमा रहेको पाकिस्तान दक्षिण एसियातर्फ छैठौं स्थानमा छ भने २०७औं स्थानमा रहेको श्रीलंका दक्षिण एसियातर्फ सातौं स्थानमा छ ।

विश्व वरियतामा अर्जेन्टिनाको शिर्षता यथावत

त्यसैगरी विश्व वरियताको शिर्ष स्थानमा विश्व विजेता अर्जेन्टिना यथावत छ । त्यस्तै दोस्रो र तेस्रो स्थानमा दुई पूर्व विजेता क्रमशः फ्रान्स र ब्राजील रहेका छन् ।

Post Comments