News उपाधिका लागि जापान र कोरिया भिड्ने
गोलनेपाल

काठमाडौं । एसियाली फुटबलका दुई परस्पर प्रतिद्वन्द्वी साविक विजेता जापान र पूर्व विजेता दक्षिण कोरिया जारी एएफसी यु–१७ एसियन कपको फाइनलमा भिड्ने भएका छन् । फाइनल प्रवेश गर्ने क्रममा जापान र कोरिया दुवैले पूर्व विजेता टोलीलाई हराए ।

थम्मसत स्टेडियममा भएको पहिलो सेमिफाइनलमा जापानले इरानमा ि३–० को प्रभावशाली जित निकाल्यो । त्यस्तै पाथुम थानी स्टेडियममा भएको दोस्रो खेलमा दक्षिण कोरियाले उज्वेकिस्तानलाई १–० ले निराश तुल्यायो ।

फाइनल खेल जुलाई २ तारीख आइतबारका दिन हुनेछ । स्मरण रहोस, जापानले समग्रमा तीनपटक एएफसी यु–१७ एसियन कपको उपाधि जितेको छ भने दक्षिण कोरियाले दुईपटक यो उपाधि जिसिकेको छ ।

Post Comments