News संघर्षपुर्ण जितका साथ कुवेत फाइनलमा
गोलनेपाल

काठमाडौं । पहिलोपटक सहभागिता जनाईरहेको कुवेत संघर्षपुर्ण जितका साथ जारी १४औं साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको पहिलो सेमिफाइनलमा १४१औं वरियतामा रहेको कुवेतले १९२औं वरियताको बंगलादेशमाथि १–० को संघर्षपुर्ण जित निकाल्यो ।

बैंगलुरु स्थित निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि खेल अतिरिक्त समयतर्फ धकेलिएको थियो । अतिरिक्त समयको १०५+२औं मिनटमा अब्दुला अल–बुलुशीले एक मात्र निर्णायक गोल गर्दे कुवेतलाई साफ च्याम्पियनसिपको उपाधि नजिक पुर्याएका थिए ।

कुवेतले अब ४ जुलाईका दिन हुने फाइनलमा शनिबार नै जारी दोस्रो सेमिफाइनलतर्फ आयोजक भारत र लेबनानबीचको विजेतासँग उपाधिका लागि भिड्नेछ । आयोजक भारत प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन पनि हो ।

Post Comments