News फाइनलमा भारत, उपाधिका लागि कुवेतसँग भिड्ने
गोलनेपाल

काठमाडौं । कठिन जितका साथ आयोजक तथा डिफेन्डिङ च्याम्पियन भारत जारी बंगबन्धु साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको दोस्रो सेमिफाइनलतर्फ भारतले लेबनानमाथि टाईब्रेकरमा जित निकाल्दै फाइनल स्थान सुरक्षित गरेको हो ।

श्री कान्तिरभा स्टेडियममा भएको निर्धारित समय र थपिएको ३० मिनटको अतिरिक्त समयमा पनि दुवै पक्षबाट गोल हुन नसकेपछि खेल टाईब्रेकरतर्फ धकेलिएको थियो । टाईब्रेकरमा भारतले ४–२ ले जित निकाल्दै कुवेतसँगको फाइनल भेट पक्का गरेको हो ।

निर्धारित समयतर्फ दुवै टोलीले केही राम्रा गोलका अवसरहरु पाए पनि त्यसलाई सदुपयोग गर्न नसक्दा खेल टाईब्रेकरसम्म पुगेको थियो । भारतले ४ जुलाईका दिन कुवेतसँग फाइनल खेल्नेछ । कुवेतले शनिबार नै भएको पहिलो सेमिफाइनलमा बंगलादेशलाई हराउँदै फाइनल स्थान सुरक्षित गरिसकेको छ ।

भारत र कुवेत प्रतियोगिताको समूह चरणमा पनि एक आपसमा भिडेका थिए । त्यतिबेला दुवै टोलीले १–१ बराबरी खेल्दै अंक बाँडेका थिए । स्मरण रहोस, भारतले किर्तिमानी ८ पटक साफ च्याम्पियनसिपको उपाधि जितिसकेको छ ।

Post Comments