News साउदी क्लबमा इङलिस लिजेण्ड जेरार्ड
गोलनेपाल

काठमाडौं । पूर्व लिभरपुल क्लबका कप्तान तथा मिडफिल्डर इङलिस लिजेण्ड स्टिभन जेरार्ड पनि साउदी अरेबियन क्लबमा प्रशिक्षकको रुपमा अनुवन्धित भएका छन् ।

४३ वर्षिय जेरार्डलाई इतिफाक एफसीले प्रशिक्षकीय भूमिकामा दुई वर्षका लागि अनुबन्ध गरेको हो । स्मरण रहोस, जेरार्डलाई साउदी क्लबले गत जुन मै प्रस्ताव राखेको थियो । तर त्यतिबेला उनले त्यो प्रस्ताव स्वीकारेका थिएनन् ।

इङलिस क्लब एस्टन भिल्लाले गत वर्षको अक्टुबरमा उनलाई बर्खास्त गरेपछि जेरार्ड त्यसयता फुर्सदमा थिए । साथै उनले युरोपियन क्लब कै जिम्मेवारी सम्हाल्ने अनुमान गरिएको थियो ।

इतिफाकले गत सिजन १६ टोलीहरु सहभागि साउदी प्रो लिगमा लिग च्याम्पियन अल–इतिहाद भन्दा ३५ अंक पछि रहँदै सातौं स्थानमा रहेर लिगको समापन गरेको थियो ।

स्मरण रहोस, आकर्षक पारिश्रमिक र सुविधा कै कारण अहिले धेरैजसो युरोपियन स्टार खेलाडीहरु साउदी लिगतर्फ आकर्षित भईरहेका छन् । क्रिष्टियानो रोनाल्डो, करिम बेन्जेमा, एन्गोलो कान्टे, रुबेन नेवेज, इडुवार्डो मेन्डी जस्ता खेलाडीहरु पनि हालै साउदी क्लबमा अनुवन्धित भएका थिए ।

Post Comments