News भारतलाई नवौंपटक साफ च्याम्पियनसिपको उपाधि
गोलनेपाल

काठमाडौं । साविक विजेता भारतले किर्तिमानी नवौंपटक साफ च्याम्पियनसिपको उपाधि जित्न सफल भएको छ । मंगलबार भएको उपाधि भिडन्तमा भारतले कुवेतलाई सडन डेथमा ५–४ ले हराउँदै उपाधि रक्षा गर्न समेत सफल भएको हो ।

श्री कान्तिरभा स्टेडियममा भएको निर्धारित समयको खेलमा भारतले एक गोलले पछि परेको स्थिति उल्टाउँदै खेलमा रोमाञ्चक पूनःरागमन गरेको थियो । १५औं मिनटमा शबैब अलखल्दीको गोलबाट कुवेतले खेलमा शुरुवाती अग्रता लिएको थियो । तर ३९औं मिनटमा ललिनज्वाला चाङ्तेले भारतका लागि बराबरी गोल फर्काएका थिए ।

त्यसपछि निर्धारित समयको खेल र थपिएको ३० मिनटको अतिरिक्त समयमा पनि थप गोल हुन नसकेपछि खेलको निर्णय टाईब्रेकरबाट लिइएको थियो । टाईब्रेकरमा पनि नतिजा ननिस्किएपछि सडन डेथमा भारतले नतिजा आफ्नो पक्षमा पार्न सफल भएको हो ।

गत जुन २१ तारीखदेखि शुरु भएको दक्षिण एसियाको यस प्रतिष्ठित प्रतियोगितामा यसपटक दुई पाहुना टोली कुवेत र लेबनानले पहिलोपटक सहभागिता जनाएका थिए । गत संस्करणको उपविजेता नेपाल भने यसपटक समूह चरणबाटै बाहिरिएको थियो ।

Post Comments