News एन्फा एकेडेमी धरानका ९ खेलाडी एसइइमा उत्कृष्ट
गोलनेपाल

धरान । अखिल नेपाल फुटबल संघ (एन्फा) कै मातहतमा रहेर सञ्चालित एन्फा एकेडेमी धरानमा पशिक्षण गरेका यु–१७ का ९ खेलाडीहरु बिहीबार मात्र प्रकाशित एसइइ परीक्षामा उत्कृष्ट श्रेणीमा उत्तीर्ण भएको कुरा एकेडेमीले जानकारी दिएको छ ।

एकेडेमीका अनुसार उत्तीर्ण हुनेहरुमा ७ जना ‘ए प्लस’ र २ जना ‘बी प्लस’ श्रेणीमा उत्तीर्ण भएका हुन् । उत्तीर्ण खेलाडीहरु धरान स्थित माउण्ट हर्मन स्कुलमा अध्ययरत थिए । त्यस्तै उत्तीर्ण खेलाडीहरुलाई कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईले भेटघाट गरी बधाई दिएका थिए ।

वि.सं. २०७६ सालदेखि एन्फाले धरान र बुटवलमा निःशुल्क खाना, बस्न, शिक्षा र फुटबल प्रशिक्षणसँगै एन्फा एकेडेमी सञ्चालन गरेको थियो । त्यसमध्ये धरानमा प्रशिक्षण गरेका २७ जना युथ खेलाडीहरुले नै एसइइ उत्तीर्ण गर्न सफल भएका छन् ।

धरानको एकेडेमीमा प्रशिक्षणरत ७ खेलाडीहरुलाई केही वर्ष अघि श्रीलंकामा सम्पन्न साफ यु–१७ च्याम्पियनसिपमा पनि सहभागिता जनाएका थिए ।

तस्विरः कपुरन्युज

Post Comments