News यु–१३ फुटबल हुँदै (खेलतालिकासहित)ं
गोलनेपाल

इटहरी । जुट बिकास फुटबल एकेडेमी, इटहरीको आयोजनामा यही असार २२ गतेदेखि यु–१३ जुनियर नकआउट फुटबल प्रतियोगिता शुरु हुँदैछ । इटहरीस्थित डिभिएम स्कुलको मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिस स्कुल, धरान र शान्तीनगर एफसी, इटहरी भिड्ने छन् ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ हजार हात पार्नेछ भने उपविजेताले १२ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

कुल १४ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल यही असार २७ गतेका दिन हुनेछ ।

 

Post Comments