News एमेच्युअर फुटसल प्रतियोगिता हुने
उमेश पुन

खेलकुद विकास मञ्च पोखराको आयोजनामा आगामी शुक्रबार र शनिबार स्व. याम(राम) बहादुर थापा स्मृति तथा प्रथम एमेच्युअर फुटसल प्रतियोगिता हुने भएको छ । 

पोखरा महानगरपालिका वडा नं. १८ सिमाना मार्ग तथा आसपासका क्षेत्रमा खेलकुदको विकास गर्ने लक्ष्यका साथ फुटसल प्रतियोगिताको आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष विक्रम थापाले जानकारी दिए । वडाबाट प्रतिभावान खेलाडी उत्पादन गर्नुका साथै खेलाडीहरु बीच भाइचाराको सम्बन्ध विस्तार गर्ने उदेश्यका साथ प्रतियोगिता आयोजना गरिएको थापाले बताए । खेलकुद र सामाजिक कार्य गर्नका लागि २०७९ सालमा स्थापना भएको मञ्चले आगामी दिनमा समेत खेलकुद र सामाजिक कार्यलाई निरन्तर अघि बढाउने उनले सुनाए ।

पोखरा ४ गणेशटोल स्थित स्पोट्र्स क्यासलको फुटसल कोर्टमा  हुने प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने जानकारी दिइन् । प्रतियोगिताको उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्ने खेल संयोजक विकिता तामाङले जानकारी दिइन् ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उच्च गोलकर्ता, उदयीमान खेलाडी र अनुशासित टिमले आकर्षक ट्रफि हात पार्ने उनले जानकारी दिइन् । प्रतियोगितामा असार २८ गतेसम्म टिम दर्ता गर्न पाइने छ । टिम दर्ता शुल्क चार हजार पाँच सय रुपैयाँ तोकिएको तामाङले बताइन् । प्रतियोगितामा करिब ३० टिमको सहभागिता रहने विश्वास गरिएको छ ।
Post Comments