News उपाधिका लागि भियतनाम र थाइल्याण्ड भिड्ने
गोलनेपाल

काठमाडौं । इण्डोनेसियामा जारी तेस्रो संस्करणको एएफएफ यु–१९ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा भियतनाम र थाइल्याण्ड भिड्ने भएका छन् ।

प्रतियोगिताको सेमिफाइनल भिडन्ततर्फ भियतनामले म्यानमारमाथि २–१ को जित निकाल्दा दोस्रो सेमिफाइनलमा थाइल्याण्डले आयोजक इण्डोनेसियामाथि ७–१ को प्रभावशाली जित निकाल्यो ।

पछिल्ला दुई संस्करणमा लगातार उपविजेता बनेको भियतनामको यो लगातार तेस्रो फाइनल हो । थाइल्याण्ड पहिलो संस्करणको विजेता समेत हो ।

भियतनाम र थाइल्याण्डबीचको फाइनल भिडन्त शनिबार हुँदैछ । सोही दिन आयोजक इण्डोनेसिया र म्यानमार तेस्रो स्थानका लागि भिड्ने कार्यक्रम छ ।

Post Comments