News भानु कपमा सेभेन स्टारको विजयी शुरुवात
सुरज राना मगर

भन्सार । राष्ट्रिय विभुती आदिकवी भानुभक्त आचार्यको २१०औं जन्मोत्सवको अवसर पारी शुरु तनहुँ जिल्ला कै प्रतिष्ठित १६औं भानु कप राष्ट्रिय फुटबल प्रतियोगितामा सेभेन स्टार क्लबले विजयी शुरुवात गरेको छ ।

भानु नगरपालिका–१ भन्सार बजार स्थित भानु रंगशालामा भएको उदघाटन खेलमा सेभेन स्टारले साविक विजेता तनहुँ–११ लाई टाईब्रेकरमा ३–१ ले हराउँदै विजयी शुरुवात गरेको हो । खेलमा सेभेन स्टारका गोलरक्षक रमेश श्रेष्ठ म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत असार ३० गते शनिबार पाँच खेलहरु हुने प्रतियोगिता संयोजक सन्दिप श्रेष्ठले जानकारी दिए । त्यसअघि प्रतियोगिताको उद्घाटन प्रमुख अतिथी गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले गरेका थिए ।

भन्सार युवा परिवार, भिमसेन युवा क्लब र सालसिस्ने युवा क्लब, भन्सार–१ तनहुँको संयुक्त आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,२५,२१० रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,१२,२१० रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने संयोजक श्रेष्ठले बताए ।

कुल ३२ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने साउन ६ गतेका दिन हुने आयोजकले जानकारी दियो ।

Post Comments