News रोहितको टोली पेर्सिकको पहिलो र उत्कृष्ट जित
गोलनेपाल

काठमाडौं । इण्डोनेसियन सुपर लिगमा नेपालका स्टार डिफेन्डर रोहित चन्दको टोली पेर्सिक केदिरीले सिजनको पहिलो जित हात पारेको छ । पेर्सिकको घरेलु मैदान ब्रविजय स्टेडियममा भएको खेलमा घरेलु टोलीले एरेमा एफसीमाथि ५–२ को प्रभावशाली जित निकाल्यो ।

पेर्सिकको जितमा सिमेन लिङ्बो, रेनान सिल्वा, जेफेसन भियरा, कृष्णा ओटो र फ्लेभियो सिल्वाले गोल गरे । उता पराजित एरेमाका लागि गुस्ताभोले एक मात्र गोल फर्काएका थिए । खेलमा रोहितले टोलीको पहिलो रोजाई मै रहेर पूरा समय खेले । र, पेर्सिकको जितमा महत्वपूर्ण योगदान दिए ।

यो जितपछि ३ खेलबाट ४ अंक जोडेको पेर्सिक लिगतालिकाको नवौं स्थानमा उक्लेको छ । पराजित एरेमा भने १ अंकका साथ रेलिगेशन क्षेत्रको १७औं स्थानमा छ । पेर्सिकले आफ्नो आगामी खेल शुक्रबार देवा युनाइटेडसँग खेल्नेछ ।

 

Post Comments