News लमजुङ (निलो) लाई साउने संक्रान्ती कपको उपाधि
गोलनेपाल

काठमाडौं । नखिल गुर्खाज एफसी, युएईको आयोजनामा सम्पन्न भएको साउने संक्रान्ती कप एट ए साईड नकआउट फुटबल प्रतियोगिताको उपाधि लमजुङ एफसी (निलो) ले जितेको छ ।

फाइनलमा लमजुङले आयोजक नखिल गुर्खाज एफसीलाई टाईब्रेकरमा २–१ ले हराउँदै उपाधि जित्न सफल भएको हो । विजेता बनेको लमजुङले उपाधिसहित नगद १६ सय दिराम हात पार्यो भने उपविजेता नखिल गुर्खाजले १ हजार दिरामसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

युएईमा रहेका आप्रवासी नेपालीहरुबीच भाईचारा र एकता कायम गर्ने उद्देश्यका साथ आयोजित प्रतियोगितामा कुल ६ टोलीहरुले सहभागिता जनाएको आयोजकले जानकारी दियो ।

Post Comments