News ब्रदर्श, बौद्ध, भानु र ओपन हर्टलाई सफलता
सुरज राना मगर

भन्सार । १६औं भानु कप खुला नकआउट फुटबल प्रतियोगितातर्फ सोमबार वी आर ब्रदर्श एफसी, बौद्ध हिमाली क्लब, भानु–२ र ओपन हर्ट टिकटक फेमिलीले आ–आफ्नो खेलमा जित हात पार्दै दोस्रो चरणमा प्रवेश गर्न सफल भएका छन् ।

भानु रंगशालामा भएको दिनको पहिलो खेलमा ब्रदर्शले साखेटार युवा क्लबलाई टाईब्रेकरमा ४–२ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलमा साखेटारका गोलरक्षक मनिष कुमाल म्यान अफ द म्याच चुनिए ।

दोस्रो खेलमा बौद्ध हिमालीले मुक्तिनाथ बाहिनी पोखरालाई १–० ले पराजित गर्यो । खेलमा बौद्ध हिमालीका योगेश गुरुङ म्यान अफ द म्याच घोषित भए । त्यस्तै तेस्रो खेलमा भानु–२ ले मुग्लिन–११ लाई ३–१ ले हरायो । खेलमा भानु–२ का रिचार्ड विलसन म्यान अफ द म्याच चुनिए ।

दिनको अन्तिम खेलमा ओपन हर्ट टिकटक फेमिलीले ठूलो बगैचा युवा क्लबलाई टाईब्रेकरमा ४–१ ले पराजित गर्यो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलमा ओपन हर्टका गोलरक्षक कुमार गुरुङ म्यान अफ द म्याच बने ।

भन्सार युवा परिवार, भिमसेन युवा क्लब र सालसिस्ने युवा क्लब, भन्सार–१ तनहुँको संयुक्त आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,२५,२१० रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,१२,२१० रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक सन्दिप श्रेष्ठले जानकारी दिए । फाइनल खेल साउन ६ गतेका दिन हुनेछ ।

Post Comments