News केरलामा मनिषको सम्झौता थप
गोलनेपाल

काठमाडौं । नेपालका अनुभवी गोलकिपिङ प्रशिक्षक मध्ये एक मनिष तिम्सिनाले चर्चित आई लिग क्लब गोकुलम केरला एफसीसँग आफ्नो सम्झौता नवीकरण गरेका छन् । तिम्सिनासँगको सम्झौता नवीकरण गरिएकोबारे क्लबले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत समेत घोषणा गरेको छ ।

सन् २०२१–२२ को सिजनमा गोकुलम केरलासँग जोडिएका मनिषले डेब्यु सिजन मै आई लिग उपाधि जितेका थिए । त्यतिबेला केरलाको मुख्य प्रशिक्षकमा हाल नेपालका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो
एनेस रहेका थिए । स्मरण रहोस, यस वर्षको आई लिगको नयाँ सिजन आउँदो नोभेम्बर महिनादेखि शुरु हुँदैछ ।

बिराटनगरका स्थायी वासिन्दा मनिष नेपाली फुटबलमा पनि अनुभवी गोलकिपिङ प्रशिक्षकका रुपमा परिचित छन् । मनिषले अखिल नेपाल फुटबल संघ (एन्फा) सँग आवद्ध रहेर राष्ट्रियस्तरको फुटबलमा पनि आफूलाई प्रमाणित गरिसकेका छन् ।

Post Comments