News सन्दिप निर्णायक बन्दा फ्रेण्डशीप क्वाटरफाइनलमा
गोलनेपाल

इटहरी । फ्रेण्डशीप युथ क्लब, रामधुनी यहाँ जारी तेस्रो मनसुन कप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ । मंगलबार भएको अन्तिम क्वाटरफाइनलतर्फ फ्रेण्डशीपले तालतलैया फुटबल क्लबलाई शून्यका विरुद्ध १ गोलले हराउँदै क्वाटरफाइनल स्थान सुरक्षित गरेको हो ।

बुढासुब्बा खेलमैदानमा भएको खेलमा फ्रेण्डशीपका लागि सन्दिप श्रेष्ठले एक मात्र निर्णायक गोल गरे । निर्णायक गोलकर्ता श्रेष्ठ नै खेलको म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद १ हजार र ट्रफी हात पारे ।

प्रतियोगिता अन्तरगत साउन ३ गते बुधबारको पहिलो क्वाटरफाइनल खेल युनाइटेड क्लब अफ तरहरा र जहदा फुटबल क्लबबीच हुने आयोजकले जानकारी दियो ।

शान्तिनगर फुटबल क्लब, इटहरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३५ हजार हात पार्नेछ भने उपविजेताले २० हजार प्राप्त गर्नेछ । फाइनल खेल यही साउन ११ गतेका दिन हुनेछ ।

Post Comments