News सिंगापुरसँग झिनो अन्तरले पराजित पाकिस्तान
गोलनेपाल

काठमाडौं । फिफा विन्डोतर्फ अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेल्न सिंगापुर पुगेको पाकिस्तानी महिला फुटबल टोलीले घरेलु टोली सिंगापुरसँग झिनो अन्तरको हार बेहोरेको छ ।

जलन बेसरमा भएको खेलमा १५७औं वरियताको पाकिस्तानले १३१औं वरियताको सिंगापुरसँग शून्यका विरुद्ध १ गोलको हार बेहोरेको हो । खेलको ८१औं मिनटमा डेब्यु म्याच खेलिरहेकी फराह नुर्जाहीराहले सिंगापुरका लागि एक मात्र निर्णायक गोल गरिन् । र आफ्नो डेब्यु खेललाई अविस्मरणीय बनाईन् ।

खेलमा पाकिस्तानले पनि केही राम्रा गोलको अवसरहरु पाएको थियो । सिंगापुरविरुद्ध राम्रो प्रदर्शन गरे पनि पाकिस्तानी खेलाडीहरुले पाएको अवसरहरुलाई सदुपयोग गर्न सकेनन् ।

Post Comments