News फिफा महिला विश्वकप आजदेखि, आयोजक न्युजिल्याण्ड र अष्ट्रेलियाको खेल पनि आजै
गोलनेपाल

काठमाडौं । न्युजिल्याण्ड र अष्ट्रेलियाले संयुक्त रुपमा आयोजना गर्न गईरहेको प्रतिष्ठित फिफा महिला विश्वकपको नवौं संस्करण आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको पहिलो दिन दुई खेलहरु हुँदैछन् ।

समूह ए तर्फ आयोजक न्युजिल्याण्डले पूर्व विजेता नर्वेसँग अकल्याण्डमा खेल्दैछ भने सिड्नीमा हुने अर्को उद्घाटन खेलमा समूह बी तर्फ अर्को आयोजक राष्ट्र अष्ट्रेलियाले आयरल्याण्डको सामना गर्दैछ ।

प्रतियोगितामा सहभागि कुल ३२ टोलीहरुलाई ८ समूहहरुमा विभाजन गरिएको छ । प्रत्येक समूहको शिर्ष दुई टोलीहरु नकआउट चरणमा प्रवेश गर्नेछन् ।

अष्ट्रेलियाको पाँच र न्युजिल्याण्डको चार शहरहरुमा खेलहरु हुनेछन् । फाइनल खेल भने २० अगस्तका दिन सिड्नीमा हुनेछ ।

अमेरिका प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो भने सर्वाधिक सफल टोली समेत हो । अमेरिकाले अहिलेसम्म सर्वाधिक चार पटक फिफा महिला विश्वकपको उपाधि जितिसकेको छ । त्यस्तै जर्मनीले दुईपटक तथा नर्वे र जापानले एक–एक पटक यो उपाधि जितेका छन् ।

Post Comments