News फिफा महिला विश्वकपमा आयोजक न्युजिल्याण्डको विजयी शुरुवात
गोलनेपाल

काठमाडौं (एजेन्सी) । बिहीबारदेखि न्युजिल्याण्ड र अष्ट्रेलियाको संयुक्त आयोजनामा शुरु भएको फिफा महिला विश्वकपको नवौं संस्करणमा आयोजक न्युजिल्याण्डले विजयी शुरुवात गरेको छ ।

समूह ए मा रहेको न्युजिल्याण्डले सन् १९९५ को विजेता नर्वेलाई शून्यका विरुद्ध १ गोलले हराउँदै विजयी शुरुवात गरेको हो । अकल्याण्ड स्थित इडेन पार्कमा भएको खेलमा न्युजिल्याण्डका लागि ४८औं मिनटमा हानाह विल्किन्सनले एक मात्र गोल गरिन् ।

न्युजिल्याण्डले समूह चरणको दोस्रो खेलमा २५ जुलाईका दिन फिलिपिन्सको सामना गर्नेछ । सोही दिन नर्वेले स्वीजरल्याण्डसँग खेल्नेछ । त्यस्तै समूह बी तर्फ अर्को आयोजक राष्ट्र अष्ट्रेलियाले बिहीबार नै आयरल्याण्डसँग खेल्ने कार्यक्रम छ ।

प्रतियोगितामा सहभागि ३२ टोलीहरुलाई ८ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शिर्ष दुई टोली नकआउट चरणमा प्रवेश गर्नेछन् ।

Post Comments