News शान्तिनगर (बी) सेमिफाइनलमा
गोलनेपाल

इटहरी । झिनो अन्तरको जितका साथ आयोजक शान्तीनगर फुटबल क्लब (बी) यहाँ जारी तेस्रो मनसुन कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको दोस्रो सेमिफाइनलमा शान्तिनगर (बी) ले इनरुवा इभेन्ट म्यानेजमेन्टलाई शून्यका विरुद्ध १ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । बुढासुब्बा खेलमैदानमा भएको खेलको दोस्रो हाफतर्फ सातौं मिनटमा देव राईले गरेको एक मात्र गोल शान्तिनगर (बी) लाई सेमिफाइनल पुर्याउन निर्णायक बन्यो ।

खेलमा शान्तिनगरका आशिष राई म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १ हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत साउन ५ गते शुक्रबारको तेस्रो क्वाटरफाइनल खेल शान्तिनगर फुटबल क्लब (ए) र पञ्चायन फुटबल क्लबबीच हुने आयोजकले जानकारी दियो ।

शान्तिनगर फुटबल क्लब, इटहरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३५ हजार हात पार्नेछ भने उपविजेताले २० हजार प्राप्त गर्नेछ । फाइनल खेल यही साउन ११ गतेका दिन हुनेछ ।

Post Comments