News मच्छिन्द्र र पारोको खेल कान्तिपुरले प्रत्यक्ष प्रसारण गर्ने
गोलनेपाल

काठमाडौं । एसियाली क्लब फुटबलको प्रतिष्ठित एएफसी कप अन्तरगत प्रारम्भिक छनौटको पहिलो चरणको खेलतर्फ मच्छिन्द्र फुटबल क्लब र भुटानी च्याम्पियन पारो फुटबल क्लबबीचको खेल कान्तिपुर एचडीले प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।

उक्त खेल प्रत्यक्ष प्रसारण गर्नेबारे कान्तिपुरले पनि पुष्टी गरेको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले निकालेको ड्र अनुसार मच्छिन्द्र र पारोबीचको खेल आउँदो अगस्त ८ तारीख (साउन २३ गते) का दिन हुने तय भईसकेको छ ।

मच्छिन्द्र र पारो बीच हुने सो खेलको खेलस्थलबारे अहिले नै घोषणा नभए तापनि सम्भवत दशरथ रंगशाला मै सो खेल हुने सम्भावना बलियो रहेको निकट स्रोतले जनाएको छ । पहिलो चरणतर्फ जित हात पार्ने टोलीले दोस्रो चरणतर्फ अगस्त १६ तारीखका दिन इण्डियन जायन्ट मोहन बगानसँग खेल्नेछ ।

Post Comments