News साफ यु–१६ च्याम्पियनसिपमा नेपालको प्रतिद्वन्द्वी भारत र बंगलादेश
गोलनेपाल

काठमाडौं । आगामी सेप्टेम्बर १ देखि १० तारीखसम्म भुटानमा हुन गईरहेको साफ यु–१६ च्याम्पियनसिपतर्फ नेपाल समूह ए मा परेको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले निकालेको ड्र अनुसार नेपाल साविक विजेता भारत र बंगलादेशसँगै समूह ए मा परेको छ ।

स्मरण रहोस, नेपाल भने गत संस्करणको उपविजेता समेत हो । श्रीलंकामा भएको उपाधि भिडन्तमा भारतले नेपाललाई ४–० ले हराउँदै चौथोपटक उपाधि जित्न सफल भएको थियो ।

त्यस्तै समूह बी मा आयोजक भुटानसँगै माल्दिभ्स र पाकिस्तान रहेका छन् । प्रत्येक समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताका सबै खेलहरु थिम्पु स्थित चाङलिमिथाङ स्टेडियममा हुनेछन् ।

Post Comments